सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आफनो मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड को एकाधिकारको मद्यतले मोबाइल जगतमा पुरै कब्जा जमाएर बसेको गुगललाई बुधबार ठुलो झटका लागेको छ । युरोपियन संघ (ईयु) ले गुगललाई अवैध तरीकाले एन्ड्रोइड को एकाधिकारको दुरुपयोग सर्च इन्जिन तथा वेब ब्राउजरलाई बढावा दिएकोमा दोषी मान्दै उसले आफनो इतिहासको सबैभन्दा धेरै जरीवाना लगाएको छ ।
तीन बर्षदेखीको जाँचबझ पछि बुधबार लगाइएको कारवाहीमा यो विशाल अमेरीकी कम्पनिमाथि ४.३ अरब युरो यानी ५४,८४२ करोड रुपैयाको जरीवाना लगाइएको छ ।
यो ठुलो कारवाहीपछि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले युरोपियन स्टील र एल्मुनियम आफनो देशमा निर्यातमाथि लगाइएको भारी शुल्कपछि शुरु भएको ट्रान्सअटलांटिक ट्रेड वारसँग जोडेर हेरीएको छ । अगील्लो हप्ता युरोपियन कमीशन चीफ जीन–क्लाउडे जंकर सँगको वार्ताको लागी ट्रेड ट्यारिफ माथिको महत्वपुर्ण वार्ताको लागी अमेरीका जादैछन् । सम्भवत उक्त भेटवार्तामा यो निर्णयको विशेष असर देखिनेछ ।
९० दिनमा पनि नसुध्रिएमा जरीवाना अझ थपिने
ईयूको प्रतिस्पर्धा आयुक्त मार्गेट वेस्टागरले प्रेस वार्तामा भनेकी छीन कि गुगलले यदि ९० दिन भित्र यसमा सुधार नगरेमा उसमाथि आफनो दैनिक औसत आयको ५ प्रतिशत अतिरिक्त जरीवाना पनि लगाउने छ । उनले भने गुगल मोबाइल निर्माता कम्पनिलाई विना शुल्क एन्ड्रोइड उपलब्ध गराउन नदिएर आफनो वेब ब्राउजर तथा सर्च इन्जिनलाई त्यसमा प्री–इन्स्टल गर्नको लागी बाध्य पार्दछ, जसले अन्य ब्राउजर तथा सर्च इन्जिनलाई मौका दिदैन ।
उसले यसको लागी कम्पनिहरुलाई आर्थिक प्रोत्साहनको नाममा पैसा पनि उपलब्ध गराउदछ । डेनमार्ककी पुर्व मन्त्रि वेस्टागरले यो पनि भनेकी छिन कि उक्त जरीवाना सम्बन्धि निर्णयलाई मंगलबार टेलिफाने गर्दे गुगलका सीईओ सुंदर पिचाईलाई जानकारी गराइएको छ ।
ईयूको इतिहासमा पछिल्लो ठुलो जरीवाना पनि गुगल माथि नै २०१७ मा लगाइएको थियो । त्यो बेला सिलिकन भ्याली को यो कम्पनिमाथि शपिङ तुलनात्मक सेवाको लागी करीब २.४ अरब यूरो यानी करीब ३०,६०० करोड रुपैयाको जरीवाना लगाएको थियो । यो भन्दा पहिला २००४ मा माइक्रोसफ्टमाथि ४९७ मलियन यूरोको जरीवाना लगाइएको थियो ।
यता, गुगलका प्रवक्ता अल वरनीले भने कि उनको कम्पनि यो जरीवाना विरुद्ध अपिल गर्ने तथा प्रमाणित गर्नेछ कि एन्ड्रोइड ले हरेकलाई बराबरी मौका उपलब्ध गराउछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा