सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, साउन २ । सिटिजन्स बैंक “बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड बैंकिङ्ग सेक्टर (प्राइभेट तथा पब्लिक लि.) बाट पुरस्कृत भएको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउदै आएको सिटिजन्स बैंकलाई इन्चिच्युट अफ चार्टर एकाउण्टेन्ट अफ नेपाल (आईक्यान) द्वारा आयोजित कार्यक्रममा उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।
यो पुरस्कार आईक्यान द्वारा आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई संस्थागत सुशाशन, बैंकको उदेश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणी तथा अन्य आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई दिईने पुरस्कार हो ।
यस अघि पनि बैंकको वार्षिक प्रतिवेदनलाई ‘बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट २०१५’ बाट पुरस्कृत गरिएको थियो। साउथ एशियन फेडेरेशन अफ एकाउण्टेन्टस् द्वारा बंगलादेशमाआयोजित ‘बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट २०१५’ समारोहमा बैंकले “ सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गर्भरनेन्स” र “ प्राइभेट सेब्टर बैक” मा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको थियो ।
पुरस्कार समारोहमा बैंकले आगामि दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा