सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, साउन २। सिस्ने गाउँपालिका जीप दुर्घटना परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा पल्टिएको हो ।
घाइते तथा मृतकको पहिचान खुल्न बाँकी रहेकाे छ। दुर्घटनामा केही यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउने काम भैरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
जीप सडकबाट खसेको प्रहरीले जनाएको छ । वर्षाको समयमा बाटो चिप्लो भएका कारण जीप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा