सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २ । बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि विहिवार बेलायत प्रस्थान गर्ने टिमलाई बुधबार औपाचारिक बिदाइ गरिएको छ। युुवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले टोलीको बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन् ।
नेपालले टी–२० श्रृंखला २९ जुलाईमा लर्डस तथा नेदरल्यान्ड्चमा १ र ३ अगस्टमा पहिलो ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
नेपाली टिमको बिदाइ समारोहमा भेट्रान स्पिनर शक्ति गौचनले औपचारिक संन्यासको घोषणा गरेका थिए।
पारस खड्काको कप्तानीमा मंगलबार १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको थियो। टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र मोहम्मद आरिफ शेख छन् । यस्तै रोहति कुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर र सोमपाल कामी परेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा