सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २। सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि उनी कार्यालय फर्कने भएकी छन् ।
शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति वर्तमान सरकारले बदर गरेपछि निकिता बोर्डबाट बाहिरिएकी थिइन् । निकिताले आफू प्रक्रियाबाट बोर्डमा अध्यक्ष भएको भन्दै न्यायका लागि सोमबार सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन् ।
उनको मुद्दमा सुनुवाई गर्दै सोमबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि उनी बोर्ड फर्किएकी छन् ।
उनी मंसिर २५ गते शेरबहादुर देउवाको सरकार हुँदा बोर्ड अध्यक्षमा नियुक्त भएकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा