सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१८ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको बेजो भन्ने शहरमा जन्मेका नेल्सन मडेला, जसले आफनो देशमा रंगभेद विरोधी संघर्ष र लोकतन्त्र ल्याउने लडाईमा आफनो जवानीको २७ बर्ष जेलमा काटे । दक्षिण अफ्रिकाको स्वतन्त्रता पश्चात यहाँ लोकतन्त्र स्थापित भएपछि नेल्सन मडेला यहाँका पहिलो काला जातीको राष्ट्रपति बने ।
यी महान राजनेताको संघर्ष को कहानी धेरै लामो छ । आज उनको जन्मदिन हो, यही अवसरमा उनले भनेका १० कुराहरु तपाईलाई हामी भन्न गइरहेका छौ, जसलाई पछ्यौदा तपाईले जिवनमा सफलता हासिल गर्न केही सहयोग अवस्य मिल्नेछ ।
१) पैसाबाट सफता मिल्दैन, पैसा कमाउने स्वतन्त्रताले सफलता मिल्दछ ।
२) मेरो सफलतालाई हेरेर कुनै पनि विचार नगनुहोस् । तपाई हेनुहोस कि म कति चोटी लडेको छु र फेरी कसरी आफनो खुट्टामा उभिएको छु ।
३) मानवको राम्रो स्वभाव ज्योती समान छ, जसलाई लुकाउन त सकिन्छ तर निभाउन सकिदैन ।
४) समस्याहरुले कसैलाई कमजोर बनाउछ भने कसैलाई बलियो पनि बनाउछ । कुनै पनि बन्चरो यती शक्तिशाली हुदैन कि उसले लगातार प्रयास गर्नेको हौसलालाई तोड्न सकोस ।
५) हामीहरुले समयको उपयोग बुद्धिमानी पुर्वक गर्नुपर्दछ र यो कुरा याद गनु पर्दछ कि कुनै पनि काम गर्ने कुनै गलत समय हुदैन । समयमै सबै काम गनु पर्नेहुन्छ ।
६) शिक्षा सबैभन्दा ठुलो हतियार हो, जसको प्रयोग विश्वलाई बदल्नको लागी गर्न सकिन्छ ।
७) एउटा अग्लो पाहाड चढिसकेपछि तपाईले सधै दोस्रो पहाड खोज्नु पर्नेहुन्छ ।
८) जहिलेसम्म कामको थालनी गरिदैन त्यतिबेलासम्म त्यो काम असम्भव लाग्छ ।
९) जब तपाई कुनै काम गर्ने अठोट गर्नुहुन्छ त तपाईले कुनै पनि काममा सफलता प्राप्त गर्नसक्नुहुनेछ ।
१०) यदि तपाई आफनो कामको लागी समर्पित र उत्साहि भएमा सफलता तपाईको खुट्टा चुम्नेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा