सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, । एनआईसी एशिया बैंक लिमिटेडले मिस्डकल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकले श्रावण १ गतेबाट लागु हुनेगरी उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवाको सुरुवातसँगै अब बैंकका ग्राहकहरुले मिस्ड कल गरेर यी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
यसरी लिन सकिन्छ सेवाहरु
१. ब्यालेन्स जानकारी :मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
२. मिनी स्टेटमेन्ट जानकारी : मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने ।
३. कलब्याक सेवाः मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा