भर्खरै

क्रोएशियाका खेलाडीहरुलाई बनाइयो राष्ट्रिय ‘हिरो’, फ्यानहरुले एक मिनेटमै बिर्से हारको पिडा (फोटोफिचरसहित)


 July 17, 2018     सेतो खबर

विश्वकप २०१८ को रनर–अप टिम क्रोएशिया फुटबल टिमका खेलाडीहरुलाई देशमा भरपुर स्वागग गरीएको छ । फ्रान्ससँग ४–२ को अन्तरले पराजित भएको दुख क्रोएशियाली देशवासीहरुले मेटाइदिएका छन् । विश्वकप फाइनालिस्ट जब जाग्रेब पुगे उनीहरुलाई त्यहाँ हिरोको जस्तो स्वागत भयो ।

क्रोएशियालाी फुटबल टिमको स्वागतमा धेरै नै आतिशबाजी गरीयो र नारा पनि लगाइयो जसले खेलाडीहरुको हौसला झन बढ्यो । क्रोएशियाको टिम ले बसको छतमा बसेर जाग्रेबदेखी बाना जेलासिसा स्क्वायर सम्मको यात्रा तय गरे र आफनो फ्यानहरुलाई अभिवादन गरे । क्रोएशियाको टिम पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो ।

फ्रान्सको अगाडि ४–२ को हारपछि पनि फ्यान र खेलाडीहरु धेरै नै उत्साहित देखिएका थिए । युगोस्लावियाबाट १९९१ स्वतन्त्र भएपछि क्रोएशियाको टिम पाँच पटक विश्वकपमा भाग लिइसकेको छ , २०१ भन्दा पहिला उसको उत्कृष्ट प्रदर्शन १९९८ मा भएको थियो । तब क्रोएशियाको टिम तेस्रो स्थानमा परेको थियो ।

क्रोएशियाका टिम खेलाडीहरुले आफनो सिल्भर मेडल लगाएर ओपन बसको छतमा यात्रा गर्दे उपलब्धिको खुशियाली मनाए । देशको हिरोहरुको एक झलक हेर्नको लागी फ्यानहरु उत्साहित देखिएका थिए ।

जानकारीका अनुसार करीब एक लाख मानिसहरु जाग्रेब स्क्वायरमा जम्मा भएका थिए । उनीहरु आफना खेलाडीहरुलाई एकचोटी हेर्न बडो उत्साहि थिए । फ्यानहरुले जुन रुपमा खेलाडीहरुलाई स्वागत गरे जसले खेलाडीहरुको हारको चोट केही कम अवश्य भयो होला । खेलाडीहरुले आफनो फ्यानहरुसँगको फोटो तथा फुटेजहरु शेयर समेत गरेका छन् ।
क्रोएशिया फाइनलमा फ्रान्ससँग अवस्य हार्यो तर यो विश्वकपको सबैभन्दा ठुलो बाजिगर पनि सावित भयो ।

क्षेत्रफलमा ५६,५९४ बर्ग कि.मि भएको क्रोएशियाको जनसंख्या ४० लाख छ । विश्वकप शुरु भएसँगै कसैले पनि सोचेका थिएनन कि उ फाइनलसम्म पुग्छ भनेर तर उसको आफनो शानदार प्रदर्शनले सबैको मन समेत जितेको छ ।

उरुग्वे (१९५०) को ६८ बर्षपछि कुनै यती सानो देश विश्वकपको शिर्षक प्रतिस्पर्धामा पुग्यो यद्यपी उ विश्वकप जित्न भने सकेन तर विश्वभरको मन भने जित्यो ।

हेनुहोस् क्रोएशियालाी फुटबलरलाई देशवासीले गरेको स्वागतमा फोेटोहरु

ctzn
LIC

LIC


Ime Inside