सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन १। गृह मन्त्रालयले अाज (साउन १) बाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसाे टिपर चलाउन नपाइने व्यवस्था कार्यान्वयनमा लग्ने भएकाे छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरीलाई अाजबाट दिउँसो टिपर चलाउन पूर्ण रुपमा रोक लगाउनू भनी यसअघि नै गृहले निर्देशन दिइसकेको थियाे ।
साे निर्देशनकाे परिपालना गराउन अाजबाट दिउँसो टिप्पर चलाउन रोक लगाइएको हाे । टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो राेक लगाएर राति मात्रै टिपर चलाउने व्यवस्था गरेकाे हाे । अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिप्पर चलाउन पाइनेछ
असार महिनामा मात्रै काठमाडौँ उपत्यकामा १ सय ८ वटा दुर्घटना भएकामा ४० वटा दुर्घटना टिपरले निम्त्याएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा