सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३२ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १७ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।
मन्त्रिपरिषद बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका एक एक सहसचिव सहित तीन सदस्यीय समिति बनाएको हो।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको विरोधमा डा गोविन्द केसी १५औँ अनशन बसिरहेका छन् ।
सरकारले अनशनरत डा।गोविन्द केसीका माग प्रति सरकार गम्भिर रहेको तर हुबहु पूरा गर्न नसकिने बताउदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा