भर्खरै

मैदानमा क्रोएशियाको जर्सीमा एउटा राष्ट्रपति नभएर एउटा फ्यान बनेर आएकी कोलिन्दाको विश्वभर चर्चा


 July 16, 2018     सेतो खबर

फ्रान्सको जीतसँगै फिफा विश्वकप २०१८ को समापन भएको छ । फाइनलमा क्रोएशियालाई ४–२ ले हराउदै फ्रान्सले २० बर्षपछि दोस्रो पटक विश्वकपको उपाधिमा कब्जा गरेको छ ।
यद्यपी, गोल्डन बलको अवार्ड क्रोएशियाली कप्तान लुका मोडरिचको नाममा रहयो ।

गोल्डन बलको शिर्षक टुर्नामेन्टमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ । यो प्रतिस्पर्धामा क्रोएशियाका कप्तान लुका मोडरिच, फ्रान्सका कायलिन एमबाप्पे, बेल्जियमकका केविन डि ब्रुइन र इडेन हेजार्ड थिए । अन्तिममा क्रोएशियाका लुका मोडरिचले गोल्डन बल प्राप्त गरे ।

१९९४ पछि कहिलेपनि विश्व विजेता बन्ने टिमको खेलाडीले यो शिर्षक कब्जा जमाएको छैन । १९९४ मा ब्राजीलका रोमारियो ले यो उपलब्धि हासिल गरेका थिए ।

फाइनलमा हार पश्चात लुका मोडरिच निराश देखिए । उनको अनुहारमा आफनो टिमलाई पहिलो पटक विश्वकप दिलाउन नसकेको दुख प्रष्ट देखिन्थ्यो । यस्तो समयमा पोडियममा बसिरहेकी क्रोएशियाली राष्ट्रपति कोलिन्दा ग्राबर किटारोविकले मोडरिचलाई उत्साह बढाइरहेकी थिइन ।

फिफा विश्वकप २०१८ मा सबैभन्दा राम्रो मिडफिल्डरको रुपमा मानिएका यी खेलाडीलाई कोलिदा ग्राबरले आत्मियताका साथ अंगालो हाल्दै केबल हिम्मतलाई मात्र धन्यावाद दिइनन् उनले क्रोएशियाली टिमलाई फाइनलसम्म पुर्याएकोमा धन्यवाद पनि दिइन ।

उनले अवार्ड वितरण समारोहको दौरान आफनो खेलाडीहरुको उदास अनुहार देख्दा उनी पनि रोइन । उनले आफनो भावनालाई कट्रोल गर्न सकिनन् ।

कहिले उनी आफैलाई सम्हाल्दै आफनो देशको खेलाडीहरुको हौसला बढाइन त कहिले अंगालो हाल्दै सान्त्वना दिइन ।

पानिमा भिजिरहेका खेलाडीहरुको आसु पानीमा बगीरहेको त थियो, तर निरास अनुहार र हतास शरीरले उनीहरु हारमा विक्षिप्त भएको बताइरहेको थियो ।

मैदानमा क्रोएशियाको जर्सीमा एउटा राष्ट्रपति नभएर एउटा फ्यान बनेर आएकी कोलिन्दाको खेल भावनालाई लिएर विश्वभर चर्चा भइरहेको छ ।

पानीमा भिजिरहेको उनको तस्विरलाई हेर्दा जो कोहीको नजरमा पनि कोलिन्दाप्रतिको इज्जत अझ बढेको छ ।

LIC
LIC



Ime Inside