सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार ३२ । राजधानी काडमाडौं उपत्याकामा मात्रै गर्भपतन सेवा लिनेहरुको संख्या वार्षिक १२ हजार नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंको तथ्यांकअनुसार चालू आर्थिक वर्षको शुरुको १० महिनामा ८ हजार ७ सय ८० जनाले गर्भपतनको सेवा लिएको समाचार आमसञ्चारमा आएको छ । समाचारमा भनिएअनुसार ललितपुर जिल्लामा करिब ३ हजारले यो सुविधा लिएका छन् । मुलुकभरको तथ्यांक हेर्ने हो भने यो संख्या वार्षिक २५ हजार नाघ्न सक्छ ।
यसै गरी रेकर्डविना लुकिछिपी गर्भतन गराउनेको संख्या पनि उल्लेख्य छ । खास गरी अविवाहित, एकल महिला र लोग्ने विदेश गएको अवस्थामा रहेको गर्भ लुकिछिपी पतन गराउनुपर्ने सामाजिक बाध्यता छ । करिब ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । यो अनुमानलाई हेर्ने हो भने मुलुकमा वर्षभरि ५० हजार गर्भपतन हुने गरेको छ । यो निकै संवेदनशील र गम्भीर कुरा हो । यो खबर आजको नेपाल समाचापत्रमा छापिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा