भर्खरै

६ खेलमा ६ गोल गरेका ह्यारी केनले जिते गोल्डेन बुट, केन बने गोल्डेन बुट जित्ने इङ्गल्याण्डका दोस्रा खेलाडी


 July 16, 2018     सेतो खबर

इङ्गल्याण्ड टिमका कप्तान ह्यारी केनले फिफा विश्वकप २०१८ को गोल्डन बुट हात पारेका छन् । इङ्गल्याण्ड के टिमले फिफा विश्वकपमा बेल्जियमसँग हार्दे चौथो स्थानमा रह्यो तर उसका कप्तान ह्यारी केन टुर्नामेन्टमा सबैभन्दा बढि गोल गर्दे गोल्डन बुट हात पार्न भने सफल भयो ।

इङ्गल्याण्ड लाई सेमिफाइनलमा क्रोएशियाको हातबाट हार ब्यहोनु परेको थियो । तेस्रो स्थानको लागी खेलिएको खेलमा पनि बेल्जियमले पनि उसलाई हराउदै चौथो स्थानमा धकेल्यो ।

इङ्गल्याण्ड टिम टुर्नामेन्ट शुरुहुनुभन्दा पहिला एकदम कमजोर भएको अनुमान गरीएको थियो तर कप्नान ह्यारी केनले ६ म्याचमा ६ गोल गर्दे इङ्गल्याण्ड टिमलाई यहाँसम्म ल्याउन महत्वपुर्ण योगदान दिएका थिए ।

फाइनलमा क्रोएशियालाई ४–२ ले हराएपछि फ्रान्सले २० बर्षपछि दोस्रो पटक विश्वकप आफनो नाममा गर्यो । यसपछि गोल्डन बुट, गोल्डन बल र गोल्डन ग्लोब्स कसले पाउछ भन्ने चासो सबै फुटबल प्रेमीहरुलाई थियो ।

ह्यारी फुटबल विश्वकप मा गोल्डन बुट जित्ने इङ्गल्याण्ड दोस्रो खेलाडी समेत बनेका छन् । यो भन्दा पहिला १९८६ मा म्याक्सिकोमा भएको विश्वकपमा गैरी लिनाकरले गोल्डन बुट जितेका थिए । लिनाकरले पनि ६ गोल नै गरेका थिए ।

फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पे, एंटोनी ग्रिजम्यान (फ्रान्स), रोमेलु लुकाकु (बेल्जियम), डेनिस चेरीशेव (रुस) र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो चार गोल गर्दे संयुक्त रुपमा दोस्रो स्थानमा रहे ।

LIC
LIC



Ime Inside