सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३१। बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७६ बिन्दुले उकालो लागेको छ । कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता शेयर रु १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोवार रकम भने आज बढ्न सकेन । बीमा ४३.४९, होटल ४०.६६ र उत्पादन समूह ९.३८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ७.८५, व्यापार ०.१७, विकास बैंक ७.७१, जलविद्युत् १०.७८, अन्य १.९ र माइक्रोफाइनान्स समूह ६.५५ बिन्दुले बढ्दा वित्त क्षेत्र भने १.५७ बिन्दुले घटेको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा