सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने अडान लिएका छन् । आइतबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले विधेयक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल ‘स्पिरिट’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पारे । मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्च स्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन सहयोग गर्न कांग्रेसलाई आग्रह पनि गरेका छन् ।
मन्त्री पोखरेलले माथेमा कार्य दलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्ताबेजको रुपमा लिन नहुने धारणा राखे । उनले सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दावी पनि गरे ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा