सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, असार ३१ । आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि उपस्थित भएपछि कम्युनिस्ट कार्यकर्ता आश्चर्यमा पर्ने गरेका छन् ।
तर, गिरिको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
माक्र्सवादी प्रशिक्षणमा कांग्रेस नेता पुग्दा सुरुमा अन्योल हुने गरेको नेकपाका केन्द्रीय सदस्य तथा प्रशिक्षण आयोजक राम कार्कीले बताए ।
तर, गिरिको प्रशिक्षण अवधिभर बसेपछि कम्युनिस्ट कार्यकर्ता ‘कन्भिन्स’ भएर जाने गरेको उनले सुनाए ।
नेता गिरिले माक्र्स नाममा जेजस्ता कार्यक्रम हुन्छन्, त्यहाँ उपस्थित हुन्छु भन्नुभयो । उहाँले आग्रह गरेपछि हामीले टार्न सकेनौँ । त्यसपछि गिरि सबैस्तरका माक्र्सवादी प्रशिक्षणमा सहभागी हुँदै आउनुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा