सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २९ । सर्वोच्च अदालतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति दिइएका चारजनालाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले शुक्रबार सो आदेश जारी गरेको हो ।
निर्वाचन आचारसंहिता लागू भएपछि गरेका राजनीतिक नियुक्ति वर्तमान सरकारले खारेज गर्ने निर्णय गरेको थियो ।
आफूहरुलाई पुनःबहाली गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, एकीकृत वाग्मती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झालाई हटाउने निर्णयका कार्यान्वयन नगर्न आदेशमा भनिएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा