सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानको स्वात वैलीमा भगवान गौतम बुद्धको जुन प्रतिमालाई तालिवानले क्षती पुर्याएका थिए त्यही प्रतिमा एक पटक फेरी मुस्कुराउदै उठेको छ । २००७ सालमा तालिवान आतंककारीले उत्तरी पाकिस्तानको स्वात वैली स्थित गौतम बुद्धको प्रतिमालाई डायनामाइटले उडाएका थिए । यही हप्ता यो प्रतिमालाई पुर्नस्थापित गरीएको छ ।
बुद्धको यो प्रतिमा सातौ शताब्दिको भएको बताइएको छ । पाहाडलाई कुदेर बनाइएको यो प्रतिमाको उचाई २० फिट रहेको छ ।
जानकारी अनुसार, प्रतिमामा आक्रमणको पाँच बर्षपछि २०१२ मा यसको मर्मतको काम शुरु भएको थियो । यसलाई मुख्य रुपमा ल्याउनको लागी केयौ चरणमा रेनोवेशनको काम गरीयो । डाँनको एक रिपोर्ट अनुसार, प्रतिमाको मर्मतको लागी इटलीको पुरातत्व विभाग मिशनले २.९ मिलियन डलर को अनुदान दिएको थियो । विशेषज्ञले प्रतिमामा केही निशान छोडेको छ ताँकि मानिसहरुलाई थाहा होस कि यसलाई नोक्सान गर्ने प्रयास गरीएको थियो ।
रिपोर्ट अनुसार प्रतिमालाई पुर्नस्थापीत गर्ने काम यही साता पुरा भएको छ । अधिकारीहरुका अनुसार यो प्रतिमाले यस क्षेत्रको पर्यटन प्रवद्धनमा मद्यत गर्ने अपेक्षा राखिएको छ ।
स्वात घाटिमा बस्ने ७९ बर्षिय बुद्धिस्ट स्कलर परवेश शाहीनले न्युज एजेन्सि एएफपीसँग कुरा गर्दे भने “मलाई यस्तो लाग्यो उनीहरुले मेरो पितालाई मारे । उनीहरुले हाम्रो संस्कृति र इतिहासमाथि हमला गरेका छन् “।
“हामी कसैलाई हेला गर्देनौ, हामी सबैलाई माया गछौ आखिर घृणा गरेर के पाईन्छ ? ” उनले भने ।
यो प्रतिमामात्र यस्तो एउटा बुद्ध प्रतिमा होइन जसलाई तालिवानले आफनो निशाना बनाएको होस । २००१ मा सुन्नि इस्लामीक कट्टरपंथी समुहले मध्य अफगानिस्तानमा रहेको कैयौ बुद्ध प्रतिमाहरुलाई ध्वस्त पारेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा