सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तान अदालतको तर्फबाट भ्रष्टचार आरोपमा दोषी ठहराएपछि र १० बर्ष को सजाय सुनाए पश्चात नवाज शरीफ आफनो छोरी मरियमसँग आपनो देश । आज नवाज र मरियम लाहोर पुग्नेछन् । लण्डनबाट पाकिस्तान फर्किन लागेका नवाज शरीफको लागी एरपोर्टमा विशेष तयारी गरीएको छ । तयारी पनि यति विशेष गरीएको छ कि लाहोर एयरपोर्टमा दुई विशेष हेलिकप्टर तैनाथ गरीएको छ ।
लाहोर उत्रने वित्तिकै सबैभन्दा पहिला नवाज र मरियमसँग राष्ट्रिय उत्तरदायित्व ब्युरो (एनएबी) को टिम मिल्नेछन् । यतीमात्र होइन कुनै पनि अन्य कारणले नवाज शरिफको फ्लाइट डायभर्ट भएमा एनएबीको टिम लाई इस्लामाबाद इन्टरनेशनल एयरपोर्टमा पनि तैनाथ गरिएको छ भने यो तैनाथी नवाज शरिफलाई एयरपोर्टबाट पक्राउ गर्नको लागी गरीएको हो ।
प्रशासनिक आदेश जारी भए पश्चात लाहोर यातायात प्रहरी द्धारा एयरपोर्ट तर्फ जाने सबै सडक विहिवार राती नै बन्द गरीएको थियो । यसको साथै लाहोर पुलिसले १० हजार अतिरिक्त पुलिसलाई पनि खटाएको छ । लाहोर पुलिसले शहर भरि नवाज शरीफको स्वागतको तयारी गरीरहेको उनको राजनितिक पार्टी पाकिस्तान मुस्लिम लीग–एन का कार्यकर्ताहरुलाई रोकेको छ ।
नवाज शरीफ पाकिस्तान आउने खबर पश्चात पुरै देशमा तनाव को माहोल बनेको छ । तनाबग्रस्त माहोल विच पाकिस्तान मुस्लिम लीग–एन ले र्यालीको आयोजना गरेको थियो । र्यालीलाई रोक्नको लागी प्रहरीले ठाउँ ठाउँमा छापा मार्दे लगभग ३०० जना नेता तथा कार्यकर्तालार्य पक्राउ गरेको छ । यी सबैलाई संविधानको १४४ को उल्लंघनको आरोप लगाइएको छ भने ३० दिनको जेल सजाय पनि सुनाइएको छ ।
पाकिस्तानको भ्रष्टचारी विरोधी अदालतले पुर्व प्रधानमन्त्रि नवाज शरीफ र उनको छोरी मरियम नवाजलाई भ्रष्टचारमा संलग्न भएको पाएको थियो । अदालतले नवाज शरीफलाई एवेनफील्ड रेफरेन्स मुद्धामा अदालतले १० बर्षको जेल सजाय सुनाएको छ भने छोरी मरियमलाई ७ बर्षको जेल सजाय सुनाएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा