भर्खरै

गृहमन्त्रालयद्धारा उपत्यकाका तीनै जिल्लामा दिउँसो टिपर चलाउन रोक


 July 11, 2018     सेतो खबर

काठमाडौँ, असार २७ । गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउएको छ । बुधबार गृहमन्त्रालयले दिनप्रतिदिन टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करले रोयल सुवेदीको मृत्यु भएको थियो ।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७४ को जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

LIC
LIC



Ime Inside