सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २७ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बुधबार आफैं कलंकीस्थित मालपोत कार्यालयमा अनुगमनका लागि पुगेका छन् । मालपोत कार्यालयको काम–कारबाहीप्रति जनगुनासो बढेपछि बुधबार बिहान ११ बजे मन्त्री खनाल त्यहाँ पुगेर सेवाग्राहीहरुलाई पर्दै आएको मर्काबारे जानकारी लिएका हुन् ।
मन्त्री खनालले व्यवस्थापन पक्षबाट भइरहेको कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयबारे मालपोत अधिकृत नवीनकिशोर अधिकारीसँग छलफल गरेका थिए । मालपोत अधिकृत अधिकारीले सेवा प्रभावित नहोस् भन्नेतर्फ ध्यान दिँदै आइरहेको बताउँदै सबै काम अनलाइनबाटै हुने भएकाले सुरुमा अनलाइन सेवामा जान प्राविधिक कठिनाइहरु आइरहेको जानकारी गराए ।
अनुगमनपछि मन्त्री खनालले कार्यालय सुधार गर्नका लागि के गर्न सकिन्छ ? भन्नेबारेमा सात दिनभित्र सुझाव पेस गर्न मालपोतका कर्मचारीलाई निर्देशन पनि दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा