सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, असार २७ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताएका छन् ।
बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग ९डिएफआइडी० का देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको भेटमा उनले भने, ‘अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।’
मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गरे । डिएफआइडीका प्रमुख डा.मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा