सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार २७। गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहेमा मुलुकमा समृद्धि नआउने बताएका छन् । यातायात क्षेत्रमात्र नभई अरु क्षेत्रमा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने भन्दै उनले परिवर्तन आवश्यक भएको बताए ।
आज बुधवार नयाँ बसपार्कमा आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने धारणा ब्यक्त गरे ।
‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ त, निश्चित रुपमा सकिदैन’ उनले भने ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ ।
त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ ।’ सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने ठूलो निर्णय गरेको भन्दै उनले यसमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा