सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वका स्टार फुटबलर मध्येका एक पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड क्लबलाई छोडेर इटालीयन फुटबल क्लब युभेन्टसमा प्रवेश गरेका छन् । उक्त जानकारी रियल मड्रिडले एउटा बयान जारी गर्दे जानकारी गराएको थियो ।
क्लबले आफनो बयानमा भनेको छ कि” क्लब त्यो खेलाडीलाई धन्यवाद दिन चाहन्छ कि जसले देखाए कि उनी विश्वको उचाइमा छन र जसले हाम्रो क्लब र विश्व फुटबल इतिहासको सुनौलो दिनहरुको अध्यायमा नयाँ उपलब्धि जोडे “।
क्लबले के–कति राशिमा उनी गएको भन्ने चाहि खुलाइएको छैन तर स्पेनिश मिडिया रिपोर्ट अनुसार १०५ मिलियन युरो भन्ने अनुमान गरीएको छ । ३३ बर्षिय स्ट्राइकरले चार बर्षको लागी १२० मिलियन युरो मा अनुबन्धित भएका छन् । अब उनले हरेक सीजनमा ३० मिलियन युरो पाउनेछन् ।
रियल मड्रिडको वेवसाइटमा पाँच पटकको बेलन डि ओर विजेताले भने कि रियल मड्रिडमा उनले आफनो जिन्दगीको फुटबल सर्वश्रेष्ठ यात्रा मध्ये एक ब्यतित गरेको भनेका छन् । “म क्लब, मेड्रिड शहर र फ्यानहरुलाई हुदयदेखी धन्यवाद दिन चाहन्छु । मेरो विचारमा अब जिन्दगीमा नयाँ यात्रा शुरु गर्ने समय आएको छ यसकारण मैले क्लबसँग मेरो ट्रान्सफर स्वीकार्न अनुरोध गरे र मेरो आफनो समर्थकलाई मैले मलाई मुझ्न अनुरोध गरे “।
रोनाल्डोले मे मा च्याम्पियन लिगमा लिभरपुल विरुद्ध जीत हासिल गरेपछि पनि उनले रियल मड्रिड छोड्ने विचार राखेका थिए । २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडमा आएका रोनाल्डोले क्लबलाई दुई पटक ला–लीगा र चार पटक च्याम्पियन्स लिग जिताउने महत्वपुर्ण भुमिका खेलेका थिए । यो भन्दा पहिला रोनाल्डो म्यानचेस्टर युनाइटेड क्लबको हिस्सा थिए र २००९ मा ८० मिलियन पाउण्डको ट्रान्सर्फर फिस लिएर रियल मेड्रिडमा आवद्ध भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा