सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगञ्ज, असार २७ । आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ । सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई वडा कार्यालयले स्थानीय सेन्टथोमस बोर्डिङ स्कूलमा १ देखि १० कक्षासम्म अध्ययनको व्यवस्था मिलाएको हो ।
यसैगरी, सोही समुदायकी युवती खुशी चिडिमारको बिबीए अध्ययनका लागि वडा नं १२ को कार्यालयले रु ५० हजार नगद सहयोग उपलब्ध गराएको अध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।
यसैगरी आमाबुबा गुमाएका पाँच जना बालबालिकाका परिवारलाई सो वडा कार्यालयले एक महिनालाई पुग्ने चामल, दाल, तेल, नून, चाउचाउलगायतका खाद्यान्न सामग्रीसमेत उपलब्ध गराएको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा