सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
थाइल्याण्डको गुफामा फसेका सबै १३ जनालाई सुरक्षित साथ बाहिर निकालिएको छ । यसको साथै गुफा भित्र फसेका १२ जना बालक फुटबलर एवं उनका कोचलाई बचाउने उद्धार कार्य सकिएको छ । पछिल्लो दुई हप्तादेखी पुरै विश्वको ध्यान खिचेको थियो भने सबैले सकुशलताको प्रार्थना गरेका थिए । १२ बच्चा र उनका कोच पछिल्लो २३ जुनदेखी पानीले भरिएको अध्यारो गुफामा जिन्दगी र मुत्युको संघर्ष गरीरहेका थिए । तर जब यी सबै बच्चालाई बचाइयो तर अहिले पुरै दुनिया रेस्क्यु अपरेशनमा खटिएका गोताखोरको प्रशंसा गरीरहेका छन् ।
गोताखोरको यो सफलता कुनै चमत्कार भन्दा पनि कम छैन । ति गुफामा फसेका बच्चालाई निकाल्न अझ ४ महिना लाग्ने भनिएको थियो । यो पुरै रेस्क्यु अपरेशन मा थाइल्याण्ड लगायत अमेरीका, चीन, जापान, ब्रिटेन र अष्ट्रेलियाको ९० गोताखोर लागेका थिए । यो लगाएत करीब एक हजार जवान र विशेषज्ञ को टिम यो पुरै अभियानमा मद्यत गरीरहेका थिए ।
#BREAKING Ninth boy rescued from Thai cave: police, navy sources pic.twitter.com/MBX6Aya1Ma
— AFP news agency (@AFP) July 10, 2018
उत्तरी थाइल्याण्डको एउटा बाढग्रस्त गुफामाबाट ४÷४ जना बच्चालाई आइतबार र सोमबार निकालिएको थियो । यसपछि आज बाँकी ५ जनालाई पनि बाहिर निकाल्न युद्ध स्तरमा उद्धार कार्य चलाइएको थियो । उद्धार कार्य स्थानिय समय अनुसार विहान १० बजेदेखी शुरु गरीएको थियो । उक्त उद्धार कार्यमा उद्धारकर्मि गोताखोर लगाएत डाक्टरहरु पनि सहभागी थिए । सुरक्षित गुफामा १२ जना बच्चा र उनका फुटबल कोच गएको दुई हप्ता भन्दा बढि दिनदेखी फसिरहेका थिए ।
अधिकारीले बताए अनुसार गुफाबाट निकालिएका बच्चाहरुलाई एम्बुलेन्सद्धारा अस्पताल पुर्याइएको छ । कैयौ रेस्क्यु अपरेशन विफल भएपछि पानीले भरीएको गुफाबाट बच्चा र कोचलाई निकाल्नको लागी गोताखोरको मद्यत लिइएको थियो ।
I know this rescue ops is going to be intense as hell but I dint expect it to be this scary 😥. These guys deserve Medal of Honour 🏅#ThaiCaveRescue pic.twitter.com/KHrh7Ge6d8
— RKS (@kchelvi575) July 8, 2018
स्थानीय मिडिया रिपोर्टका अनुसार, अधिकारीले बताए अनुसार बच्चाहरु बाहिर निक्लदा धेरै खुशी छन् भने बच्चाहरु भोकाएका कारण आफुलाई मन लाग्ने खाना खान चाहन्छन् तर बच्चाहरुलाई अहिलेसम्म केबल तरल पौष्टिक खानेकुरा मात्र दिइएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा