सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २६ । मेगा बैंकले थप ६ वटा नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेको छ ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले सुनसरी जिल्लाको बराहा नगरपालीकाको चक्रघाँटीमा, सुनसरीको कोशी गाउँपालीकाको लौकहिमा, अर्घाखाँचीको मालारानी गाउँपालीका, गुल्मीको रुरु गाउँपालीका, धनुषाको मिथिलाबिहारी नगरपालीकाको तारापाटीमा र पाल्पाको माथागढी गाउँपालीकामा गरि ६ नयाँ एक्सटेनसन काउन्टरहरु विस्तार गरेकोे हो ।
योसँगै मेगा बैंकको एक्सटेनसन काउन्टर संख्या १४ पुगेको छ । ९८ वटा शाखा रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २ हजारभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एक्सटेनसन काउन्टर विस्तारलाई तीव्रता दिइरहेको छ ।
आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा