सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार २६ । सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर,चाबहिल बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
यसै साता बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, र अछामको ढकारीमा शाखा संचालन गर्ने योजना अगाडी सारेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा