भर्खरै

लुक्स र फिटनेसले जवानहरुलाई पनि पछि पार्छन ५२ बर्षिय सलमान खान, किन रिसाउछन अंकल भन्दा


 July 10, 2018     सेतो खबर

सलमान खान ५२ बर्षका भईसकेका छन् तर यो उमेरमा पनि उनी ३०–३५ बर्षको नौजवानलाई पनि आफनो लुक्स र फिटनेसले मात दिन्छन् । फिल्म इडस्ट्रिका केयौ नब प्रवेशिका अभिनेताहरु सलमानलाई आफनो आदर्श मान्छन् । उनी बलिउडमा मात्र होइन विश्व भरै आफनो लुक्स र अभिनयसँग फिटनेसका कारण प्रख्यात छन् ।

रोचक कुरा के छ भने यदि कसैले सलमानलाई अंकल भनेर बोलाउदा उनलाई राम्रो लाग्दैन । उनले उक्त कुरा एउटा टिवि शोमा भनेका थिए । उक्त शोको दौरान कति प्रतिशत महिलालाई अन्टि भनेर बोलाउदा रिसाउछन भने विषयमा संवाद गर्दा सलमानले पनि उनलाई कसैले अंकल भनेर बोलाउदा उनलाई पनि मन नपर्ने र रिस उठ्ने कुार सार्वजनिक कार्यक्रममा भनेका थिए ।

एउटा प्रशंगमा कुरा गर्दे उनले भनेका थिए उनले साथीको छोरालाई अंकल नभन्न भनेर बारम्बार सम्झाए तर झन बच्चाले त दबंग खान अंकल भनेर बोलाउन शुरु गर्यो । यसपछि सलमानलाई रिस उठ्यो र बच्चालाई भने कि यदि उसले फेरी अंकल भनेर बोलाएमा उनी ती बच्चासँग बोल्न तथा भेट्न बन्द गर्दिने चेतावनी दिए । यसपछि बच्चाले सलमानलाई कहिलेपनि अंकल भनेर बोलाएन ।

LIC



Ime Inside