सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २६ । सरकारले राजदुत बन्नका लागि शैक्षिक योग्यता तोकेको छ । आइतबार पारित भएको निर्देशिका अनुसार मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले शैक्षिक योग्यता तोकेको हो ।
आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । जति कक्षा पढेको व्यक्ति पनि राजदूत हुन पाउने यसअघिको प्रावधान खारेज गर्दै नयाँ योग्यता तोकेको हो ।
यसअघि परराष्ट्र मन्त्रालयका सह सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य थिएन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा