सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाका विस्कोन्सिनमा बस्ने म्याक्समिलेन न्युब्युर नामका एक मानिस विश्वको यस्तो पहिलो मानिस बनेका छन जसले आफनो नबजात छोरीलाई स्तनपान गराए । नबजात बच्चीलाई स्तनपान गराउने उनी पुरुष हुन् । म्याक्समिलन न्युब्यूरले स्तनपान गराउदै गरेको तस्विर अहिले सोशल मिडियामा भाइरल भइरहेको छ । यद्यपी, उनले यसको लागी एउटा प्रविधिको प्रयोग गरेका छन् ।
म्याक्समिलेनको पत्नि एप्रिलको डेलिभरी सामान्य भएन र उनको ब्लड प्रेसर धेरै नै उच्च थियो २६ जुुन २०१८ मा उनको डेलिभरी अप्रेसन मार्फत गरीयो । उनले उक्त बच्चीलाई जन्म दिइन र उनको नाम रोजेली राखिन ।
म्याक्समिलनको पत्निले ति बच्चिलाई स्तनपान गराउन सकिरहेकी थिइनन् । त्यही बेला एउटा नर्सले जुक्ति निकाल्दै आमाको स्तनमा कृत्रिम निप्पल लगाउदै एउटा ट्युबको मद्यतले एउटा प्लास्टिक निप्पललाई म्याक्समिलनको छातीमा टासिदिइन । यो ट्युव दुधले भरीएको एक सीरिंजसँग जोडिएको थियो र यसैको मद्यतले म्याक्समिलेनले आफनो बच्चिलाई दुध पिलाए ।
म्याक्समिलेनले आफनो यो अनुभवलाई आफनो फेसबुकमा शेयर पनि गरे । यो तस्विर सोशल मिडियामा आउने वित्तिकै भाइरल भईरहेको छ । कतिले उनको यो कामलाई प्रशंसा गरेका छन भने कतिले यसलाई मन पराएका छैनन् ।
Posted by Maxamillian Kendall Neubauer on Monday, July 2, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा