सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रियक चोपडाको नाम विश्वको सबैभन्दा हट महिलाको लिस्टमा समावेश भएको छ । यो श्रृखलासँगै प्रियंकाको नाममा अर्को एउटा नयाँ शिर्षक पनि जोडिएको छ । सोशल मिडियामा हरेक समय सक्रिय रहने प्रियंका अब भारतको पहिलो यस्तो महिला बनेकी छिन जसको इस्टाग्राममा फलोअर्स सबैभन्दा बढि छन् ।
बलीउड पछि प्रियका हलीउडमा पनि हेर्दा हेर्दे जमेकी छिन् । क्वाटिको सीरीयलबाट हलिउडमा प्रवेश गरेकी प्रियका अहिले विश्वभरै प्रख्यात बनेकी छिन् । जसको प्रमाण भनेका प्रियकाको बढ्दै गएको लोकप्रियता हो । आफनो यो बढ्दै गएको लोकप्रियताको कारण प्रियकाले ‘पद्यमावत’ की नायिका दीपिका पादुकोणलाई पनि पछाडि छोडेकी छिन् ।
नयाँ रकर्ड अनुसार बलीउडको देसी गर्ल को इस्टाग्राममा फलोअर्सको संख्या २५ मिलियन भएको छ । प्रियकाको यो रेकर्डले दीपिका पादुकोणलाई पछारेको छ । दीपिका पादुकोणको फलोअर्सको संख्या इस्टाग्राममा २४.९ मिलियन छ । प्रियका को यो नयाँ रेकर्डले न केबल दीपिका मात्र पछि परेकी हुन् बलीउडका सबै हस्ति र क्रिकेटरहरुलाई समेत पछि पारेकी छिन् । आकडा अनुसार इस्टाग्राममा विराट कोहली २२.७ मिलियन, आलिया भट्ट २२.७ मिलियन र श्रद्धा कपुर को २१.७ मिलियन फलोअर्स छन् ।
प्रियकाको फलोअर्स केबल इस्टाग्राममा मात्र होइन फेसबुक र ट्विटरमा पनि धेरै छन् । फेसबुकमा प्रियकाको ३७ मिलियन फलोअर्स छन । यो सँगै बलीउडकी देसी गर्ल सोशल मिडियाको रानी बनेकी छिन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा