सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
शाहरुख, सलमान र गोवीन्दा जस्ता ठुला स्टारसँग कैयौ हिट फिलम दिइसकेकी सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ । उनले आफुलाई क्यान्सर भएको र आफु उपचारको लागी न्युयोर्क प्रस्थान गरेको आफनै सोशल मिडिया ट्विटरमार्फत जानकारी दिएकी हुन् ।
उनले भनेकी छिन् “जब तपाई आफनो जिन्दगीबाट धेरै आशा गर्नुहुन्छ त तब तपाईलाई त्यसले नराम्रो झट्का दिन्छ । हालै मात्र मलाई थाहा भयो कि मलाई हाई ग्रेड क्यान्सर भएको छ । मेरो परिवार र साथिहरु मेरा साथ छन् । म यि सबैलाई धन्यवाद दिन चाहन्छु । यसबाहेक मसँग कुनै पनि वाटो छैन । मेरो आफनो डाक्टरको सल्लाह अनुसार हामी तुरुन्त न्युयोर्क जाने निर्णय गर्यो । अब मेरो सबै उपचार न्युयोर्कमा हुनेछ । म यो कठिन परिस्थितिबाट निक्लने पुरै कोशिष गर्नेछु” ।
पछिल्लो केही दिन मलाई मानिसहरुको धेरै माया मिल्यो । मैले यति धेरै माया पाउदा मैले आफुले आफैलाई भाग्यमानी ठानेको छु । मसँग मेरो परिवार पुरै शक्ति बनेर उभिएको छ ।
पछिल्लो महिना सोनाली हिंदुजा सर्जिकल हेल्थकेयरमा भर्ना भएकी थिइन ।
सोनाली भन्दा पहिला एक्टर इरफान खानपनि न्युरो एंडोक्राइन नामको रोगसँग जुझिरहेका छन् । अहिले उनी लण्डनमा आफनो उपचार गराइरहेका छन् । इरफान खानले पनि आफनो रोगको विषयमा सोशल मिडिया मार्फत दिएका थिए ।
— Sonali Bendre Behl (@iamsonalibendre) July 4, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा