सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा स्वीडेनले स्विजरल्याण्डलाई १–० गोलले पराजित गरेको छ । सेंट पिटर्सबर्ग स्टेडियममा मंगलबार भएको खेलको प्रि–क्वार्टरफाइनल खेलमा स्विजरल्षण्डलाई हराउदै स्विडेनले क्वार्टरफाइनलमा आफनो स्थान पक्का गरेको हो ।
पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरीमा खेले भने दोस्रो हाफको ६७ औ मिनेटमा एमिल फोर्सबर्गले शानदार गोल गर्दे स्वीडेनलाई १–० ले पराजित गरेको हो ।
स्विडेनको तर्फबाट २६ बर्षिय स्टार खेलाडी एमिल फोर्सबर्गले शानदार किक हान्दै गोल गरेका हुन् ।
यसको साथै स्विडेनको टिम क्वार्टरफाइनलमा पुग्ने सातौ टिम बनेको छ । यो भन्दा पहिला स्विडेनको टिम अन्तिम पटक १९९४ मा क्वार्टरफाइनलमा पुगेको थियो ।
अब स्विडेनले क्वार्टरफाइनल खेल आजै हुने कोलंम्बिया र ईङ्गल्याण्डमा जसले जित्छ उसैसँग खेल्ने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा