सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रणविर कपुरको फिल्म ‘सञ्जु ‘शुक्रवार यानी २९ जुनदेखी रिलिज भएको थियो । फिल्मले अहिलेसम्म १२० करोड भारुको कमाई गरीसकेको छ । फिल्मले आइतबार ४६ करोड भारु कमाएर वक्स अफिसमा आगो लगाएका छन् ।
फिल्मले आफनो कमाईसँगै कैयौ रेकर्ड समेत तोडेको छ । ‘सञ्जु’ ले शुक्रबार ३४.७५ करोड, शनिवार ३८.६० करोड र आइतबार ४६.७१ करोड भारु कलेक्शन गरेको छ । यसको साथै ‘सञ्जु’ ले ‘बाहुबली २’ जस्तो ठुलो फिल्मलाई समेत पछि पारेको छ ।
‘सञ्जु’ ले ‘बाहुबली २’ लाई पछि पार्दे सिंगल डे मा सबैभन्दा बढि कमाई गर्ने बलिउड फिल्म बनीसकेको छ । ‘बाहुबली २’ ले तेस्रो दिन यानी आइतबार ४६.५० करोडको कारोबार गरेको थियो भने ‘सञ्जु’ ले ४६.७१ करोड को कमाउदै रेकर्ड बनाएको छ ।
सलमान खानको ‘रेस ३’ त ‘सञ्जु’ को अगाडि टिक्न पनि सकेन । अब ‘सञ्जु’ को रेकर्ड तोड्ने फिल्मको लागी ठुलो मुश्किल हुनेछ । यती मात्र होइन ‘सञ्जु’ पहिलो दिन ३४.७५ करोड भारु कमाउदै बलिउडको बर्ष २०१८ को सबैभन्दा ठुलो ओपनर फिल्म बनिसकेको छ ।
‘सञ्जु’ भन्दा पहिला ‘पद्यमावत’ ले तिन दिनमा ११४ करोड, ‘रेस ३’ ले १०६.४७ करोड, ‘बागी–२’ ले ७३.१० करोड र ‘रेड’ ले ४१.०१ करोड कमाएको थियो । यसको साथै रणबीर कपुरको यो फिल्मले तिनै खानको ‘दंगल’, ‘टाइगर जिन्दा हे’, र ‘रईस’ जस्तो फिल्मलाई धुलो चटाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा