सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हामीहरुले यो प्रतिस्पर्धालाई फाइनलको जस्तै गरी सामना गनु पर्ने हुन्छ । कारण रुस जब हामीहरु विरुद्ध उत्रनेछ तब उसको पछाडि लुजिन्हकी स्टेडियम मा घरेलु दर्शकहरुको समर्थन रहनेछ । स्पेनको आक्रमक मिडफिल्डर मार्को एसेंसियो को यो शब्द स्पेन र रुसको बिच हुन लागेको अन्तिम १६ प्रतिस्पर्धालाई लक्षित गरी गम्भिरताका साथ सबै सामु उनले राखेका छन् ।
यो साचो पनि हो जव स्पेन आइतबार खेल्नको लागी उत्रनेछ तब उसको अगाडि रुसको टिमसँग हजारौ रसियनहरुको अपार समर्थन भरीएको दबाब पनि हुनेछ । यद्यपी, स्पेनले अहिलेसम्म कुनै पनि खेल हारेका भने छैन ।
ला रोजा ले तिन प्रतिस्पर्धामा पाँच गोल खाएका छन् । स्टालिस्लाव चेरचेसोवको टिम स्पेनलाई लिएर भयवीत भने भएको छैन । दुई गोल गर्ने आर्टेम ज्यूबा त यहाँसम्म भन्छन कि यदि हामीले जितेमा यो केबल चमात्कार हुनेछ ।
अहिलेसम्म उत्कृष्ट खेल प्रदर्शन गर्न सकेको छैन स्पेनले
विश्वकप शुरु हुनुभन्दा पहिला केबल दुई दिन अगाडि मुख्य कोच जुलेन लोपेतगुई को बर्खास्त पछि खेलीरहेको स्पेनिस टिमले अहिलेसम्म चमत्कार देखाएको छैन । उ सँग न कुनै ठुलो अन्तरले जित छ न कुनै रक्षा पक्तिले आफनो रक्षालाई मजबुत रुपमा निभाएको छ ।
ज्यूबाले भने यो म्याच बक्सिङ म्याच जस्तै
पहिलो दुई जितसँगै स्वप्निल शुरुवात पछि रुसलाई उसैको मैदानमा घरेलु दर्शकको समर्थनको भिडमा उरुग्वेले ३–० ले पराजित गरेको थियो । यो हार रुसको लागी सुतिरहेको निन्द्राबाट उठ्नको लागी पर्याप्त थियो । यही कारण आर्टेम ज्यूबाले यो प्रतिस्पर्धालाई बक्सिङ म्याचको संज्ञा दिइरहेका छन् ।
यो प्रतिस्पर्धामा एकातिर विश्व च्याम्पियन टिम छ त अर्को तर्फ युवा र साहसी टिम । अब हेर्न बाकि यो छ कि कुन टिम बिजेता बन्ने छ ।
रुस स्पेन विरुद्ध नडराउनु पर्ने कारण भनेको नोभेम्बरमा भएको मैत्रिपुर्ण खेलमा स्पेनलाई ३–३ को बराबरीमा रोक्नु हो । सर्गेई इग्नेशिविच यो मान्छन् कि स्पेनिस टिम डिफेन्समा अलि ग्याप राखेर खेल्छन् । काउण्टर अट्याकको दौरान यो खुल्ला रहेको ग्यापको फाइदा उठाउन सकिनेछ । उनका अनुसार स्पेन टिममा एक कमजोरी पक्ष छ, जसको रुस अवश्य उपयोग गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा