सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सेनेगल फेयर प्ले को नियम अनुसार बाहिरिनु विश्वकपमा ऐतिहासिक रह्यो । ३६ बर्ष मा यस्तो पहिलो पटक भएको छ कि अफ्रिकाको टिम दोस्रो चरणमा पुग्न असफल रह्यो । १९८२ मा जब यस्तो भएको थियो तब उसलाई यती आश्र्चयजनक ढंगले हेरीएको थिएन ।
यो विश्वकपमा अफ्रिकि स्टार मोहम्मद सलाह र सैडियो मानेले राम्रो खेल्न सकेनन् । अफ्रिका को पाँच टिमले क्वलिफाई गरेको थियो, तर उनीहरुलाई अगील्लो चरणमा नपुर्याउनु अफ्रिकी महाद्धिपको लागी ठुलो झट्का लाग्यो । १९८२ मा अफ्रिका को प्रदर्शन केही रुपमा रुसमा भईरहेको यो विश्वकप भन्दा राम्रो थियो ।
क्यामरुन को टिमले इटली टिमलाई हराएको थियो र अल्जेरियाको टिम यो कारणले बाहिर भयो कि पश्चिम जर्मनी र अष्ट्रेलियाको बिच नतीजा पश्चिम जर्मनीको पक्षमा रहेको थियो । जसलाई दर्शकहरुले धेरै आलोचना गरेका थिए । यो म्याच डिस्ग्रेस अफ गिजोनको नामले बदनाम रह्यो ।
अफ्रिकाले एक कदम पछाडि बढायो
आइभोरी कोस्टको लागी तीन विश्वकप खेलिसकेका डिडियर ड्रोग्बाले भने कि अफ्रिका यो विश्वकपमा एक कदम पछाडि आएको छ । एक दिन अफ्रिका विश्व कप जीत्नमा पनि सफल हुनेछ, तर हामिले एकपटक फेरी सोच्नुपर्ने आवश्क छ कि यी ठुला टुर्नामेन्टमा हामी कुन तरिकाको मनोबृत्ति अपनाउने । ड्रोग्बाले भने कि राम्रो ढाँचा तथा योजना बनाउन आवश्यक छ । हामीहरुलाई युरोपियन टिमसँग कडा टक्कर लिनको लागी तयार हुनुपर्ने हुन्छ ।
तिन टिम दोस्रो म्याचबाट बाहिर
रुसमा चलिरहेको विश्वकप मा अफ्रिका को तिन टिम इजिप्ट, मोरक्को र ट्युनिशिया त आफनो तेस्रो ग्रुप म्याचभन्दा पहिला नै बाहिर भईसकेको थियो । चौथो टिम नाइजेरिया लाई अर्जेन्टिना विरुद्धको कडा प्रतिस्पर्धामा १–२ ले हारको सामना गनु परेको थियो, जबकी सेनेगल को टिम धेरै पहेलो कार्ड पाउदा फेयर प्ले नियमबाट बाहिरिएको थियो ।
– ३ जित मिलेको ग्रुप दौडको १५ म्याचमा पाँच अफ्रिकी टिमले केवल तीन जित मात्र हासिल गर्यो । यस मध्येको एक जित तब भएको थियो जब नतिजा अप्रासंगिक थियो ।
– ५ अफ्रिकी टिम क्वालिफाई हुन सफल भएको थियो यस विश्वकपमा
अफ्रिकी टिम कहिले कहिले पुग्यो अन्तिम ८ मा
१९९० : क्यामरुन
२००२ : सेनेगल
२०१० : घाना
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा