सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोर्चुगलका डिफेण्डर ब्रुनो एल्वेसका अनुसार शनिवार हुने विश्वकपको अन्तिम १६ को प्रतिस्पर्धामा उरुग्वेसँग हुन लागेको म्याच केवल क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेजको बिचको भिडन्त मात्र नभएर दुबै टिमबिचको कडा प्रतिस्पर्धा पनि हो भनेर टिप्पणि गरेका छन् ।
युरोपियन च्याम्पियन पोर्चुगलको टिम ग्रुप बी मा स्पेनपछि दोस्रो स्थानमा रहेको थियो । क्वार्टर फाइनलमा प्रवेशको लागी उसले उरुग्वेमाथि जित हासिल गर्नु पर्ने हुन्छ । उता उरुग्वेले आफनो तीनै वटा म्याच जितेको थियो जसमा आयोजक रुस माथि मिलेको ३–० को जित पनि पर्दछ । उरुग्वेको टिम टुर्नामेन्टम एकमात्र टिम हो जसलाई अहिलेसम्म कसैले गोल गर्न सकेको छैन ।
रियल मेड्रिडका फरवार्ड रोनाल्डोले अहिलेसम्म तीन म्याचमा टिमको पाँच गोलमा ब्यक्तिगत ४ गोल गरेका छन् । जबकि बार्सिलोनाका स्टार सुआरेजले साउदी अरब र रुस विरुद्ध गोल गरेका थिए । एलवेसले भने कि “यो म्याच दुबै टिम पोर्चुगल र उरुग्वेको विच हो । मेरो नजरमा यो केवल रोनाल्डो र सुआरेजको भिडन्त होइन । हामी सबै खेलाडीहरु जितको लागी उत्साहित छौ “।
ईरानको विरुद्ध पोर्चुगललाई जित दर्ता गर्न धेरै गाह्रो भएको थियो । रोनाल्डोले एउटा पेनाल्टि पनि मिस गरेका थिए । एल्वेसले टिमको प्रदर्शनमा अझ सुधार गनुपर्ने जरुरी भएको बताएका छन् । ३६ बर्षिय अल्वेस आफनो तेस्रो विश्वकप खेलीरहेका छन् । यद्यपी, यी सेन्टर खेलाडीले यो विश्वकपमा मैदानमा उत्रने मौका भने पाएका छैनन् ।
जर्मनी पराजित हुदा सबै टिम सतर्क
रोनाल्डो मैदानमा उत्रेको खेलमा २०१४ विश्वकपदेखी पोर्चुगलको टिमले अहिलेसम्म एउटा पनि म्याच हारेको छैन । पछिल्लो बर्ष कन्फेडरेशन कप मा चिलिको हातबाट टिमलाई पेनाल्टि शुटआउटमा पराजित भएको थियो । गत पटकको च्याम्पियन जर्मनीको हारले सबै टिलाई सर्तक गरेको छ । उनले भनेका छन् “कुनै पनि फुटबल म्याच सजिलो छैन, जर्मनीको नियतीले देखाइदिएको छ कि बलियो मानिएको टिमको पनि कस्तो परिणाम आउन सक्छ भनेर “।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा