सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जापानले पोल्याण्डसँग ०–१ ले पराजित हुदा पनि फिफा विश्वकप को २१ औ संस्करणमा ग्रुप एच प्रि– क्वार्टरफाइनलमा ठाउँ बनाएको छ । अगिल्लो चरणको लागी पहिला नै बाहिर भइसकेको पोल्याण्डले विहिवार वोल्गोग्राद एरिनामा खेलिएको यो म्याचमा जीत हासिल गर्दे यो टुर्नामेन्टको विजयी अन्त गरेको छ ।
जापान अन्तिम १६ मा पुग्नको लागी जित वा ड्र को मात्र आवश्यकता थियो, तर उसको भाग्यमा दुबै आएन । म्याच उसको हारबाट सकियो, तर उ फेयर प्ले अंकको आधारमा अगिल्लो चरणमा जान सफल भयो ।
यो ग्रुपको दोस्रो म्याचमा कोलंबियाले सेनेगललाई १–० ले पराजित गर्दे ६ अंक सँगै पहिलो स्थानमा रहदै अगिल्लो चरणको लागी क्वालिफाई भएको छ । यो म्याचभन्दा पहिला सेनेगल र जापानको चार चार अंक थियो, दुबै टिम यदी ड्र मात्र खेलेको भए पनि अगिल्लो चरणमा प्रवेश गर्न सक्थे ।
दुबैले हार ब्यहोेरे र अंकमा कुनै बदलाब भएन दुबैको चार चार अक भयो र गोल अन्तर पनि बराबर भयो । यस्तैमा फेयर प्लेको उपयोग गरियो, जहाँ जापानले बाजी मार्यो र सेनेगललाई पछार्दे कोलंबियासँग अगिल्लो चरणमा प्रवेश गर्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा