सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जापानको टिम विहिवार आफनो ग्रुप अन्तर्गत अन्तिम खेल पोल्याण्ड विरुद्ध मैदानमा उत्रनेछ त उसको लक्ष्य ठुलो जित सँगै न केबल नकआउट चरणमा प्रवेश गर्न चाहन्छ उ आफनो ग्रुप एच मा शिर्ष स्थानमा समेत बस्न चाहन्छ ।
कोलंबियालाई २–१ हराएको जापानी टिमले दोस्रो म्याचमा सेनेगलसँग २–२ को बराबरी खेलेको थियो । अब जापानको उदेश्य भनेको १६ बर्षपछि ग्रुप चरणको शिर्ष स्थानमा रहने हुन्छ । यो भन्दा पहिला २००२ मा दुई जित र एक ड्र सँगै अपराजित हुदै अन्तिम १६ मा प्रवेश गरेको थियो । उसलाई अब अगिल्लो चरणमा प्रवेश गर्न केबल ड्र को मात्र आवश्यक छ । उसको स्टार खेलाडी केसुक होंडा माथि सबैको आँखा हुनेछ जो यो विश्वकपमा शानदार फर्ममा खेलिरहेका छन् ।
जितसँगै विदा चाहन्छ पोल्याण्ड
पहिला नै विश्वकप बाट बाहिर भइसकेको पोल्याण्ड टिम जितसँग रुस विश्वकपबाट विदा हुन चाहन्छ । पछिल्लो ८० बर्षमा कहिलेपनि विश्वकपमा यस्तो भएको छैन जब उसले ग्रुप चरणमा एउटा पनि म्याच नजितेको होस । केबल १९३८ मा उसले कुनै पनि म्याच जित्न नसकि ग्रुप चरणबाट बाहिरिएको थियो । १२ बर्षपछि विश्वकपमा खेलिरहेको पोल्याण्डको टिमले पछिल्लो दुई विश्वकप (२००२, २००६) मा आफनो अन्तिम प्रतिस्पर्धा गरेको थियो ।
इतिहास बदल्नेमा जापानको आँखा
जापान पछिल्लो चार म्याचमा युरोपियन प्रतिद्धन्द्धि विरुद्ध गोल गर्न सकेको छैन । यो पटक उ यो रेकर्ड तोड्दै जित दर्ता गर्न उत्सुक छ । उसले २ म्याच गोलरहित बराबरी र दुई म्याचमा हार ब्यहोरेको थियो । उसले अन्तिम पटक २०१० मा डेनमार्क विरुद्ध ३–१ को जित दर्ता गरेको थियो ।
पोल्याण्ड पहिलो चरणबाट बाहिरिने पहिलो युरोपियन टिम
पोल्याण्ड यो विश्वकपबाट बाहिर हुने पहिलो युरोपिउन टिम हो । यो लगातार तेस्रो पटक हो (२००२, २००६, २००१८) जब उ ग्रुप चरणबाट अगाडि बढ्न नसकेको । यति मात्र होइन कि पछिल्लो पटक पोल्याण्डको एशियाली टिमसँग प्रतिस्पर्धा २००२ मा दक्षिण कोरीयासँग भएको थियो जहाँ उ २–० ले पराजित भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा