भर्खरै

विश्वको १०० सबैभन्दा नराम्रो फिल्मको लिष्टमा पर्यो ‘रेस ३’, जान्नुहोस कति औ नम्बरमा पर्यो


 June 27, 2018     सेतो खबर

बलीउडको ‘भाईजान’ सलमान खानको हालैमात्र रिलिज भएको फिल्म ‘रेस ३’ ले बक्स अफिसमा खासै धमाका मच्चाउन सकेन । सलमान खानको पछिल्लो पाँच फिल्मको कुरा गर्ने हो भने टयुबलाइट लाई छोडेर सबै फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गरेको थियो । ‘रेस ३’ ले तिन दिनमा १०० करोड भन्दा बढि कमाई गरेको थियो तर त्यसपछि फिल्मको कलेक्सन लगातार कम हुदै गईरहेको छ । फिल्मको कमाईको साथ साथै क्रिटिक्सको आखाँमा पनि राम्रो बन्न सकेन । फिल्मलाई कुनै पनि क्रिटिक्सले २ स्टारभन्दा बढि दिएका छैनन् ।

दर्शक र क्रिटिक्सद्धारा लगातार नेगेटिभ रिब्यु दिएका कारण प्रतिष्ठित वेभसाइट imdb.com ले ‘रेस ३’ लाई विश्वको सबैभन्दा नराम्रो फिल्मको टप १०० लिस्टमा राखेको छ । यसमा ‘रेस ३’ फिल्म ७९ औ नम्बरमा छ । IMDb इन्टरनेशनल मुभी डाटावेस वेभसाइटले ईन्टरनेटमा फिल्मको विषयमा दिइने रिभ्युको आधारमा फिल्मलाई र्याङकिङ गर्दछ ।

विश्वको सबैभन्दा नराम्रो फिल्मको कुरा गर्ने हो भने हलीउड फिल्म ‘Code Name: K.O.Z.’ यो लिस्टको नम्बर एकमा परेको छ । त्यही लिस्टमा बलीउड फिल्मको कुरा गर्ने हो भने सबैभन्दा माथि राम गोपाल बर्माको फिल्म आग परेको छ । जसको र्याङक १८ मा छ ।

LIC
LIC



Ime Inside