सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा सोमबार भएको खेलमा ईरान र पोर्चुगल बिचको प्रतिस्पर्धा १–१ को बराबरीमा सकिएको छ । यसको साथै पोर्चुगलको टिम अन्तिम १६ मा प्रवेश गरेको छ । गु्रप बी अन्तर्गत खेलीएको यो प्रतिस्पर्धामा पोर्चुगलको तर्फबाट क्वारेसमा ले ४५ औ मिनेटमा शानदार गोल गर्दे आफनो टिमलाई १–० को अग्रता दिलाए भने ईरानको तर्फबाट अन्तिम समयमा सब्सिच्युटम आएका अनसारीफार्डले ९०+ २ः४८ मिनेटमा पेनाल्टि मार्फत गोल गर्दे पोर्चुगललाई १–१ को बराबरीमा रोक्यो ।
यता मोरोक्कोले स्पेनलाई २–२ को बराबरीमा रोक्दा स्पेन र पोर्चुगल दुबैको ५–५ अंक भएको छ । तर स्पेनको टिम यो ग्रुपको टपमा परेको छ भने दोस्रो स्थानमा पोर्चुगल छ । ४ अंकसँगै ईरान तेस्रो स्थानमा र मोरक्को १ अंकसँगै चौथो नम्बरमा परेको छ ।
आफनो पहिलो म्याच स्पेन विरुद्ध ह्याट्रिक गरेका स्टार स्ट्राइकर रोनाल्डोलाई यो खेल जिताउने पुरा जिम्मेवारी थियो तर यो प्रतिस्पर्धा १–१ को बराबरीमा समाप्त भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा