सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ११ । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख ९कल डिटेल० रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने बताए ।
‘प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन’, उनले भने ।
ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ ।
प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ ।
विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था ९इन्टेलिजेन्स० ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन् ।
प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाजनै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ । यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयको कुराकानीको आवाज राख्ने गरेका छन् । यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले सबैमा अनुरोध गरे ।
संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हक बमोजिम टेलिकमका ल्याण्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा