सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुई पटकको विश्वकप च्याम्पियन उरुग्वेले आयोजक रुसलाई ३–० को फराकीलो गोल अन्तरले पराजित गरेको छ । सोमबार गु्रप ए अन्तर्गतको तेस्रो खेलमा घरेलु समर्थकको भारी समर्थन बाबजुद पनि उसकै मैदानमा भारी अन्तरले पराजित गरेको हो भने यता लुईस सुआरेज र एडिनसन कावानी जस्ता खेलाडीहरुले सजिएको उरुग्वेको लगातार तिन जितसँग अन्तिम १६ मा प्रवेश गरेको छ ।
यो भन्दा अगाडी नै दुबैले आफनो दुई खेलमा जित हासिल गरीसकेका छन भने दुबै टिम गु्रपको शिर्ष स्थानको लागी होडबाजी खेल हो । यो गु्रपको बाकी दुई टिम साउदी अरब र ईजिप्ट दुई दुई खेल नै हारदै घर फर्कने निश्चित भईसकेको छ ।
खेलको १० औ मिनेटमा स्टार खेलाडी लुईस सुआरेजले फ्रि किक मार्फत हानेको बललाई गोलमा परिणत गर्दे आफनो टिमलाई १–० को शुरुवाती अग्रता दिलाएका थिए । भने उरुग्वेको लागी दोस्रो गोल २३ औ मिनेटमा डिएगो लक्सल्टको दरिलो सटमा रुसका स्टार खेलाडी डेनिस चेरीशेवको डिप्लेक्शनमा यो आत्मघाती गोल भएको हो । यो आत्मघाती गोल रुस विश्वकपको छैटौ आत्मघाती गोल हो । खेलको अन्तिम ९० मिनेटमा उरुग्वेको लागी एडिसन कवानीले टिमको लागी तेस्रो गोल गर्दे समग्रमा ३–० गोल अन्तरले उरुग्वले जित हात पारेको हो ।
यो लगातार तेस्रो मौका हो जब उरुग्वे फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरीरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा