सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ८ । उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रमा देखिएको परनिर्भरता उच्च बिन्दुमा पुगेको बताएका छन् । नेपाल कृषि वैज्ञानिक तथा प्रविधि संगठनले आज काठमाडौँमा आयोजना गरेको आठौँ खाद्यान्न दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले उर्वर जमिन, जनशक्ति र जलस्रोतको अभाव नभएर पनि खाद्यान्नमा परनिर्भरता बढ्नु आश्चर्यजनक भएको बताए ।
कार्यक्रममा कृषि राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र राज्यको प्राथमिकतामा परेको बताए । संविधानले खाद्यसम्प्रभुता सुनिश्चित गरेकाले उत्पादन वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिने उनले बताए । दुईदिनसम्म सञ्चालन हुने सो कार्यक्रममा ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ । कृषिको दिगो विकास गरी आगामी पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर अंकले वृद्धि गर्ने सरकारको योजना छ । नेपालले सरदर धान ५२ लाख मेट्रिक टन, मकै २१ लाख तथा गहुँ नौ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ ।
नेपालले अहिले प्रतिमहिना रु ५० करोडभन्दा बढीका विभिन्न खाद्य वस्तु आयात गर्दै आएको छ । चामल, पिठो, माछा, मासु, तरकारी र फलपफुल गरी झण्डै रु १९ अर्बको खाद्यान्न आयात हुन्छ । नेपालको भारतसँगको व्यापार घाटा रु ६ खर्बभन्दा बढी रहेको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा