सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, असार ८। आफूलाई नै गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्री निवासाचार्यलाई मोरङ जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ।
निवासाचार्याले हिन्दु धर्मको बचाउका लागि भन्दै आफैँले आफैँलाई गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनलाई शुक्रबार जिल्ला अदालतले ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको अदालत स्रोतल जानकारी दिएको छ।
चैत २५ गते उनीमाथि गोली हानिएको थियो भने वैशाख ३० गते ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा चलाइएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा