सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विहिवार इन्स्टाग्रामले युट्युबलाई टक्कर दिनको लागी आफनो नयाँ भिडियो एप आइजिटिवि लन्च गरेको छ । यो टिविको मार्फत अब तपाई ६० सेकेन्ड होइन ६० मिनेटको भिडियो इन्स्टाग्राममा शेयर गर्न सक्नुहुनेछ । ईन्स्टाग्रामको आईजिटिविको लन्चसँगै एकै झट्कामा फेसबुकका सिईओ मार्कं जुकरबर्गको सम्पति लगभग १३,००० करोड रुपैयाले बढेको छ । अलिेपनि फोटो शेयर÷एप इन्स्टाग्राम फेसबुककै स्वामित्वमै रहेको छ ।
विश्वभरको अरबपतिहरुको इतिहासमा यस्तो पहिलो पटक भएको छ जब कुनै अरबपतिको सम्पति एक दिनमै यति धेरै बढेको हो । इन्स्टाग्रामको आईजिटिविको लन्चिङ हुने वित्तिकै फेसबुकको शेयरको मुल्यमा ३.३ प्रतिशतले बढेको छ जसको कारण मार्क जुकरबर्गलाई ११७ करोड डलर यानी करिब १३ करोड रुपैया फाइदा भएको छ ।
मे २०१२ मा फेसबुकले जब आफनो आईपीओ शुरु गरेको थियो त्यो समयमा पनि फेसबुकको शेयरमा ४२८ प्रतिशत भन्दा बढिले बढेको थियो र योसँगै मार्क जुकरबर्ग ७७ बिलियन डलर सम्पतिले अमेरीकाको पाचौ धनि ब्यक्ति बनेका थिए ।
इन्स्टाग्रामको फाउण्डर तथा सिईओ केविन सिस्ट्राम पनि एक अरबपति नै हुन जसको सम्पति १.६७ बिलियन डलर छ । फेसबुकले २०१२ मा इन्स्टाग्रामलाई १ बिलियन डलरमा किनेको थियो, त्यो समय इन्स्टाग्रामको युजर्सको संख्या ३० मिलियन थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा