सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्व कप २०१८ को २५ औ प्रतिस्पर्धामा आइसल्याण्ड र नाइजेरीयाको बिच शुक्रबार वोल्गोग्रेडको एरीना सटेडियममा भिड्दैछन् । आफनो पहिलो विश्वकपको पहिलो म्याचमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्ने आइसल्याण्डको टिम गु्रप –डी को आफनो दोस्रो म्याचमा नाइजेरीयालाई हराउने उदेश्यले मैदानमा उत्रदैछ ।
विचारयोग्य कुरा यो छ कि २०१६ देखी शुरु भएको आइसल्याण्डको सपनाको यात्रा फिफा विश्वकप २०१८ मा पनि जारी रहेको छ । जसरी यो कसैले सोचेको थिएन कि हेमरी हेलग्रिम्स्नको टिम युरोपियन च्याम्पियनशिपमा इङ्गल्याण्ड जस्तो मजबुत टिमलाई हरायो त्यसरी नै यो पनि कसैले सोचेको थिएन कि विश्वकपको पहिलो प्रतिस्पर्धामा नै दुई पटक च्याम्पियन बनिसकेको अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्नेछ, त्यो पनि पेनाल्टिलाई रोकेर ।
दोस्रो तर्फ सुपर ईगल्स को नामबाट प्रचलित नाइजेरियाको टिमले १९९४ मा आफनो विश्वकपको शुरुवात गरेको थियो भने यो उनको शुरुवात क्रोएशियासँग हारे पछि धेरै नराम्रो भएको थियो । शुक्रबार दुबै टिम बिच हुन लागीरहेको प्रतिस्पर्धामा जहाँ नाइजेरिया जसरी भए पनि अंक प्राप्त गर्न चाहन्छ भने आइसल्याण्डको टिम आफनो सुपर डिफेन्स खेलको मद्यतले पछिल्लो म्याचको आफनो लयलाई यथावत राख्न चाहन्छ ।
विश्वकपमा नाइजेरिया
विश्व र्याङकिङः ४८
विश्वकप : ५
म्याच खेलेको : १८
म्याचमा जितः ५
म्याचमा हारः १०
ड्रः ३
विश्वकपमा आइसल्याण्ड
विश्व र्याङकिङः २२
विश्वकप : १
म्याच खेलेको : १
म्याचमा जितः ०
म्याचमा हारः ०
ड्रः १
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा