सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असार ८ । प्रेस काउन्सिल नेपालका सुचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्कि आएको छ । अधिकारीले +६१४२३०५९६६ नम्बरबाट ज्यान मार्ने धम्कि आएको सामाजिक सञ्चजाल मार्फत जानकारी गराएका छन् ।
उनले पत्रकार रबि लामिछानेको हवाला दिदै आफुलाई मार्ने धम्की आएकोले प्रहरी प्रशासनसलाई समेत ध्यानाकर्षण गराएका छन् ।
साथै उहाँले रवि लामिछानेले संयमपूर्वक आफ्नो कुरा राख्नुको सट्टा धम्कीपूर्ण पत्र पठाएको र काउस्सिलले सयौ रविलाई पत्र लेखेको समेत स्पष्ट पार्दे रविका विरुद्ध काउन्सिलले स्वअनुगमन नगरेको र उजूरी पनि नहालेको स्पष्ट पार्दे सोधेकै विषयलाई पहाड बनाएर जनमत विभाजित नगर्न अनुरोध समेत गरेका छन्।
सुचना अधिकारी दिपक खनालले भनेका छन् :
रवि लामिछानेको हवला दिँदै +६१४२३०५९६६ बाट मार्ने धम्की दिने मान्छे को होला ?
उजूरी प¥यो काउन्सिलले आचारसंहिताअनुसार कारबाही अगाडि बढायो । रविसँग उजूरीकर्ताले भनेअनुसार के कसो भएको हो भनेर लिखित जवाफ मागियो । भएको यत्ति हो । रविले संयमपूर्वक आफ्नो कुरा राख्नुको सट्टा धम्कीपूर्ण पत्र पठाउनुभयो । त्यत्रो चर्चित मान्छेले फेसबुकमा द्वन्द्व बढाउने गरी लेख्नुभयो । यो राग उहाँले नै बढाउनुभयो । काउन्सिलले सयौँ रविलाई पत्र लेखेको छ आचारसंहिताअनुसार । रविका विरुद्ध काउन्सिलले स्वअनुगमन गरेको पनि हैन, उजूरी हालेको पनि छैन । सोधेकै विषयलाई पहाड बनाएर जनमत विभाजित हुन जरुरी छैन । हामीले अफिसियलबाहेक व्यक्तिगत कुरा लेखेका पनि थिएनौँ, मार्छु भन्ने धम्की आएपछि आम जानकारीका लागि यति लेखेका हौँ । प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।”
रवि लामिछानेको हवला दिँदै +६१४२३०५९६६ बाट मार्ने धम्की दिने मान्छे को होला ? उजूरी प¥यो काउन्सिलले आचारसंहिताअनुसार…
Posted by Deepak Khanal on Thursday, June 21, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा