सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ७ । साइक्लिङका राष्ट्रिय च्याम्पियन नारायणगोपाल महर्जनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पा, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनप्रसाद सापकोटा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल साइक्लिङ संघ का र विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारीलगायतले महर्जनप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
उहाँप्रति श्रद्धाञ्जलि दिन उनको पार्थिव शरीर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा राखिएको थियो । स्थानीय डल्लुमा डेरामा बस्दै आउनुभएका ३३ वर्षीय अविवाहित महर्जनको श्रीलंकाको कोदामामा रम्बल इन जंगल–२०१८ मा प्रतिष्पर्धा गर्ने क्रममा दुर्घटनामा परी गत जेठ ३० गते निधन भएको थियो ।
महर्जनको पार्थिव शरीर श्रीलंकाबाट ड्रागन एयरमा यही असार ६ गते नेपाल ल्याइएको थियो । महर्जनसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ श्रीलंका गएका थिए ।
अजय र बुद्धि पनि स्वदेश फर्किसकेका छन् । उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगन गरेको नेपाल साइक्लिङ संघले जनाएको छ ।
इण्डोनेसियामा आगामी भदौमा हुने एशियाली खेलकुदको तयारी प्रशिक्षणमा रहनुभएका महर्जनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको साइक्लिङ संघले जनाएको छ ।
महर्जन २०६२ सालदेखि साइक्लिङको क्रस कन्ट्री विधामा संलग्न भएका थिए । राखेपका सदस्य–सचिव विष्टले राम्रो सम्भावना बोकेको खेलाडी गुमाउँदा आफूलगायत सिंगो खेल क्षेत्र निकै मर्माहत भएको बताए । स्व महर्जनका बुवा, आमा र दुई दिदी छन् । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा